१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेटवार्ता अगाडि ठोस कदम आवश्यक : राष्ट्रपति ट्रम्प

तस्विर : एजेन्सी

न्यूयोर्क – अमेरिकाले उत्तर कोरियाका नेता किम जोग उनसँगको भेटवार्ताका लागि आणविक हतियार परीक्षणमा उत्तर कोरियाको ठोस कदम आवश्यक रहेको बताएको छ।

अमेरिकाकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपश्चात् मात्रै अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोग उनबीच औपचारिक भेटवार्ता हुने बताए।

उत्तर कोरियाली नेता किम जोग उनले भेटवार्ता लागि पठाएको पत्रमा राष्ट्रपति ट्रम्पले आफु भेटवार्ताका लागि तयार रहेको बताएका थिए। आणविक हतियार परीक्षणलाई रोक्ने उत्तर कोरियाको प्रतिबद्धता व्यवहारिक रूपमा लागू हुनुपर्ने अमेरिकाको माग छ।उत्तर कोरियाको व्यवहारिक प्रतिबद्धता अगाडि अमेरिकाले सैन्य अभ्यासलाई जारी नै राख्ने बताउँदै आएको छ।

 

प्रकाशित: २६ फाल्गुन २०७४ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App