४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

सामसुङ उत्तराधिकारी जेलमुक्त

जेलमुक्त भएका सामसुङ उत्तराधिकारी ली जाय–योङ । तस्बिर : एजेन्सी

सोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको आरोपमा पाँच वर्ष जेल सजाय पाएका विश्वविख्यात कम्पनी सामसुङका उत्तराधिकारी ली जाय–योङ जेलमुक्त भएका छन् ।दक्षिण कोरियाको अदालतले लीले पाएको जेल सजायलाई खारेज गरिदिएपछि उनी जेलमुक्त भएको बिबिसीले जनाएको छ ।

सोल उच्च अदालतले सजायका केही अंशहरूलाई बचाए पनि कार्यान्वयन गर्न आफ्नो विवेक प्रयोग गरेको छ । उच्च अदालतको निर्णयविरुद्ध अभियोजनकताहरुले देशको सर्वोच्च अदालतको ढोका घच्घच्याउन सक्ने बताइएको छ ।

सोमबारको सुनुवाईमा अदालतले लीको वास्तविक सजायलाई आधा अर्थात् केबल दुई वर्ष ६ महिनामा घटाएको छ र घुस दिएको र भ्रष्टाचार गरेको भन्ने विषयमा रहेको मुद्दालाई स्थगित गर्न आदेश दिएको छ जसको मतलव उनले अब जेलमा बस्नु पर्ने छैन । उनको वकीलले भने, उनी जेलबाट रिहा भए पनि बाँकी आरोपका बारेमा उनले अपिल गर्ने योजना बनाएको उनका वकिललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।गत वर्ष एउटा राजनीतिक घोटालमा दक्षिण कोरियाको तल्लो अदालतले लीलाई जेल सजाय तोकेको थियो र यसै घटनाका कारण तत्कालीन राष्ट्रपति पार्क गुइन–हायले पदबाट हट्नु परेको थियो ।

सामसुङ इलेक्ट्रोनिक्सका उपप्रमुख जसलाई जे वाई ली पनि भनेर चिनिन्छ, उनलाई भ्रष्टाचार र घुस दिएकोसहितका विभिन्न आरोपमा मुद्दा चलाइएको थियो । गत वर्षको उक्त राजनीतिक काण्डले पारिवारिक सञ्चालनमा रहेको कम्पनी र राजनीतिक शक्तिबीचको बीचको सम्बन्धलाई उजागर गरेको थियो । सामसुङ इलेक्ट्रोनिक्सलाई ६० वटा अन्तर सम्बन्धित कम्पनीबाट बनेको सामसुङ सामूहिक व्यापारको गहनाका रूपमा लिइन्छ । सन् २०१४ मा हृदयाघातबाट उनको बाबु ली कुन–ही प्रभावित भएपछि उनले मोबाइल फोन र चीप कम्पनीको नेतृत्व सम्हालेका छन् ।

४९ वर्षे लीलाई तत्कालीन राष्ट्रपति पार्क गुइन–हायबाट राजनीतिक समर्थन लिनका लागि उनको साथी चोइ सुन–सिलले सञ्चालन गरेको एउटा गैर सरकारी संस्थालाई तीन करोड ७७ लाख डलर बराबरको चन्दा दिएको आरोप लागेको थियो । अभियोजनकर्ताका अनुसार सामसुङ इलेक्ट्रोनिक्समाथि लीको कब्जालाई मजबुत बनाउनका लागि गरिन लागेको सामसुङको पुनर्गठनलाई सरकारको समर्थन प्राप्त गर्न पार्कलाई हातमा लिन उक्त चन्दा दिएको अभियोग लगाएका छन् । तर लीका कानुन व्यवसायीहरुले भने उनलाई थाहै नदिई भुक्तानीको हस्ताक्षर गरिएको बताउँदै आएका छन् । लीले चोईको छोरीलाई घोडचढीको भविष्य समुन्नत बनाउनका लागि कम्पनीले घोडा र पैसा दिएको स्वीकारे पनि कुनै राजनीतिक फाइदका लागि यस्तो नगरेको बताएका थिए ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी र वास्तवमा कर्पोरेट कारियामा सबैभन्दा महत्वपूर्ण कम्पनी सामसुङलाई लीको रिहाईले ठूलो राहत हुने बताइएको छ । ‘लीको गैर हाजिरीमा कम्पनीले आफ्नो सेयर मूल्य र फाइदामा के कति प्रभाव प¥यो भनेर नहेरेको भए पनि भविष्यमा योजना बनाउने र दिशानिर्देश गर्ने विषयमा कम्पनीले ठूलो समस्या भोग्न पर्ने हुन्थ्यो,’ कम्पनीको स्रोत उद्धृत गर्दै बिबिसीले जनाएको छ । लीलाई जेलमुक्त गर्न अदालतले आदेश दिएसँगै कम्पनीको सेयरमा सुधार आएको पनि बिबिसीले जनाएको छ ।

प्रकाशित: २३ माघ २०७४ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App