२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा मानवीय राहत पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित

तस्बिर सौजन्यः संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घमा गाजामा मानवीय राहत पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित भएको छ। गम्भीर मानवीय संकटसँग जुधिरहेको गाजाका नागरिकलाई सक्दो छिटो मानवीय सहायता पुर्‍याउने प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषदमा पारित भएको हो।

बीबीसीका अनुसार शुक्रवार राति पारित भएको प्रस्तावमा इजराइल र गाजाबीच युद्धविरामको विषयमा भने कुनैपनि कुरा उल्लेख गरिएको छैन।

संयुक्त अरब इमिरेट्सले परिषद्मा प्रस्ताव गरेको थियो। जसको पक्षमा १३ मत खसेको थियो भने २ सदस्यले भाग लिएन।

संयुक्त अरब इमिरेट्सको उक्त प्रस्तावमा गाजापट्टीमा मानवीय करिडोर बनाउन र मानवीय आधारमा युद्धबन्दी गर्न उल्लेख गरिएको छ। जसले गर्दा प्यालेस्टिनी नागरिकसमक्ष सक्दो छिटो सहयोग पुर्याउन सकिन्छ।

गत ७ अक्टुबरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेपछि इजराइलले पनि जवाफी कारबाही तीव्र गर्दै आएको छ। इजराइली आक्रमणका कारण हालसम्म गाजामा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ५२ हजारभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: ८ पुस २०८० ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App