१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्ष जेल

नयाँ दिल्ली – भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ।

चारा घोटालामा दोषी ठहरिएका यादवलाई शनिबार सिबीआईको विशेष अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय र ५ लाख जरिवाना तोकेको हो । अदालतको फैसलालगत्तै विहारका पूर्व उपमुख्यमन्त्री एवं लालुका छोरा तेजस्वी यादवले हाई कोर्ट जाने बताएका छन्।

२३ डिसेम्बरमा विहारका पूर्वमुख्यमन्त्री एवं आरजेडी पार्टीका प्रमुख लालु यादव, पूर्व सांसद आरके राणा, जगदिश शर्मासहित १६ आरोपीलाई सिबीआईको विशेष अदालतले दोषी ठहर गरेको थियो।

लालुमाथि चारा खरिदसहित पशुपालन अनुदानका लागि राज्यकोषबाट ८९ लाख २७ हजार भारु अवैध रुपमा निकाली घोटाला गरेको आरोप छ।

लालु यादव हाल राँचीको विरसा मुंडा जेलमा छन्। 

प्रकाशित: २२ पुस २०७४ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App