१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा कारबम विस्फोट हुँदा आठको मृत्यु

कान्दाहार – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। 

यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ। 

बिहीबार राती तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोटन गराएका थिए। 

प्रहरीका अनुसार सुरक्षा अधिकारीका विरुद्धको आक्रमणमा तालिवान आतङ्ककारी समूहले अपहरण गरेको सैनिक सवारी साधनको प्रयोग गर्दै आएका छन्। 

प्रहरीका अनुसार गत दुई महिनायता तालिवान आतङ्ककारी समूहले पाँच भन्दा बढी अपहरण गरिएका सैनिक सवारीको प्रयोग गर्दै आएका छन्। 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि यस प्रकारको आक्रमणहरुको प्रायः तालिवान आतङ्ककारी समूहले जिम्मा लिने गरेका थिए। 

प्रकाशित: ७ पुस २०७४ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App