१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको जम्मू काश्मीरमा बस दुर्घटना:३९ जनाको मृत्यु

भारतको जम्मू काश्मीरमा भएको बस दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ। जम्मू र काश्मिरको  डोडामा बुधवार यात्रु सवार बस दुर्घटना हुँदा १७ जना घाइते समेत भएका छन्।

डोडा प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्छ। 

साँघुरो बाटोका कारण बस मोड्न नसक्दा बस सडकबाट तल खसेको प्रहरीले बताएको छ। दुर्घटनाबारे छानबिनका लागि समिति बनाइने पनि प्रहरीले जनाएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुः ख व्यक्त गरेका छन्। साथै उनलेमृतक परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिइने पनि बताए।

प्रकाशित: ३० कार्तिक २०८० ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App