१६ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा ४ घन्टाका लागि युद्ध रोक्न इजरायल तयार

एक महिनादेखि गाजामा जारी युद्ध अल्पकालीन रुपमा रोक्न इजरायल तयार भएको छ। बीबीसीका अनुसार अमेरिकाको व्हाइट हाउसका प्रवक्ता जन किर्बीले इजरायल गाजामा जारी युद्धलाई अल्पकालीन रुपमा रोक्नका लागि इजरायल तयार भएको बताए।  

उनका अनुसार अल्पकालीन युद्ध विरामको अवधि ४ घन्टाको हुनेछ र त्यसको घोषणा ३ घन्टा अघि गरिने छ।  

किर्बीले भने, 'हामीलाई इजरायलले बताए अनुसार अस्थायी युद्ध विरामको क्रममा कुनैपनि सैन्य गतिविधि हुने छैन र यो प्रक्रिया आजबाटै सुरु हुनेछ।'

यसअघि इजरायली सेनाले अल्पकालिन अस्थायी विरामलाई सङ्घर्ष विराम नमान्न प्रष्टाएको थियो।  

गत ७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको हो। हालसम्म युद्धमा इजरायल र गाजा तर्फका गरी ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित: २४ कार्तिक २०८० ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App