७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सेनाले भन्योः आफ्ना २१२ नागरिक अझै हमासको नियन्त्रणमा

फाइल तस्बिर

इजरायली सेनाले हमासले अझै २१२ जना इजरायली नागरिकलाई बन्धक बनाइराखेको बताएको छ।

बीबीसीका अनुसार इजरायली सेनाले एक वक्तव्य जारी गर्दै गाजा क्षेत्रमा हमसाले २१२ जना इजरायली नागरिकलाई अझै बन्धक बनाइराखेको जानकारी दिएको हो।

गत शुक्रवार हमासले बन्धक बनाएको २ जना अमेरिकी नागरिकलाई रिहा गरिदिएको थियो। हमासले आक्रमण सुरु गरेदेखि पहिलोपटक बन्धक बनाएकाहरूलाई रिहा गरेको हो।  

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले शनिवार जानकारी दिँदै इजरायल र अन्य देशका गरी हमासले २१४ जना बन्धक छन्। जसमा २० जना बालबालिका र ६० वर्षभन्दा बढी उमेर समूहका २० नागरिक छन्।

प्रकाशित: ५ कार्तिक २०८० ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App