२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ज्यान जोगाएर रफाह भागेका ७१ जना सर्वसाधारण मारिए

हमास–इजरायल जारी युद्धको क्रममा रफाहमा ७१ जना मारिएका छन्। गाजा पट्टीको दक्षिण भागमा क्रस बोर्डरको रुपमा रहेको रफाहमा इजरायलले गरेको आक्रमणमा गत २४ घन्टामा ७१ जना मारिएको समाचार संस्था अलजजिराले जनाएको छ।

मारिनेमा अधिकांश सर्वसाधारण नागरिक रहेको बताइएको छ। गाजा क्षेत्रबाट ज्यान जोगाउँदै दक्षिणमा रहेको रफाह गएका नागरिकहरू बम आक्रमणमा मारिएको समाचारमा उल्लेख गरिएको छ।  

यसैबीच, हमाससँग युद्ध सुरु भएदेखि हालसम्म ५५ जना इजरायली सेनाको मृत्यु भएको छ।  

प्रकाशित: ३० आश्विन २०८० ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App