२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुँदै जापान

टोकियो – जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 
जापानमा भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनु अगावै मत सर्वेक्षणको आधारमा लगभग आबेले जितको सुनिश्चितता गरिसकेका छन्। 

विभिन्न समस्याहरूको सामना देशले गर्नुपरेका कारण जनादेश प्राप्त गर्नका लागि निर्धारित समय अगाडि नै आम निर्वाचन गरिएको प्रधानमन्त्री आबेको दाबी छ। 

मुलुकका विभिन्न समस्याहरूमध्ये उत्तर कोरिया जापानका लागि एक खतराका रूपमा देखा परेको छ । 
उनी जापानका चौथो प्रधानमन्त्रीका रूपमा निर्वाचित हुने भएका छन् । जापानी संविधानको धारा ९ले जापानलाई एक शान्तिप्रेमी मुलुकका रूपमा परिभाषित गर्दै आत्मरक्षाको अवस्था बाहेक अन्य अवस्थामा युद्धमा जानका लागि निरूत्साहित गरेको छ। 

उत्तर कोरिया विश्वमा एक खतराको रूपमा देखा परेको भन्दै प्रधानमन्त्री आबे संविधानको उक्त धारा खारेजका लागि प्रयासरत्त रहेका छन्। 

दुई तिहाई बहुमत जुटाई उक्त नियम खारेज गरिने प्रधानमन्त्री आबेको विश्वास छ । उत्तर कोरिया प्रति कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता उनले चुनाव अगावै गरेको बताएका छन् । 

उनले त्यसका लागि सशक्त रूपमा कुटनीतिक समाधानको खोजीमा आफू रहेको बताएका छन् । 

संयुक्त राष्ट्रसंघ तथा अन्र्तराष्ट्रिय अवरोधका बाबजुत पनि उत्तर कोरियाले मिसाईल परीक्षणको कार्यक्रमलाई निरन्तरता दिई नै रहेको छ। 

उत्तर कोरियाले केही समय अगाडि मात्रै जापानमाथि दुई मिसाइल परीक्षण गरिसकेको छ । उक्त मिसाइल जापानको हकाइदो टापु हुदै सि अफ जापानमा खसेको थियो। 

प्रकाशित: ६ कार्तिक २०७४ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App