८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जब प्रधानमन्त्री साइकलमा सवार भए

नेदरल्यान्ड–देशका प्रधानमन्त्री सरकारी कामको शिलशिलामा साइकल चढेर राजदरबार गएको  सुन्दा  कुनै कथा जस्तै लाग्न सक्छ।

यो कुनै कथा होइन नेदरल्यान्डमा वास्तविक जीवनमा नै यस्तो भएको छ। नेदरल्यान्डका  प्रधानमन्त्री मार्क रूट वास्तविक जीवनमा नै साइकल चढेर त्यहाँका राजालाई भेट्न राजदरबार गएका छन्। उनी आफ्ना राजा विलियम अलेक्जेन्डरलाई भेट्न साइकलमा सवार भएका हुन्।

राजदरबार पुगेर उनले पार्किङ गरेको साइकलको तस्बिर सामाजिक संञ्जालहरूमा अहिले भाइरल बनेका छन्। संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका प्रतिनिधिले उक्त  साइकल सहितको तस्बिर सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गरेपछि उक्त तस्बिर भाइरल बनेको हो।

प्रधानमन्त्री रूट नयाँ सरकार गठनको तयारीबारे सल्लाह गर्नका लागि राजालाई भेट्न राजदरबार गएका थिए।  यसबारे धारणा दिंदै प्रधानमन्त्री रूटले भने पेट्रोलियमयुक्त सवारी साधनहरूको प्रयोगका कारण वातावरण प्रदुषणको दर बढ्दै गएकोले साइकलको प्रयोग गरेको बताएका छन्।

प्रकाशित: ३० आश्विन २०७४ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App