२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'सुसाइड' बढेको भन्दै ब्लु व्हेल गेम माथि प्रतिवन्ध

नयाँ दिल्ली- ब्लु ह्वेल गेमका कारण सुसाइड बढेको भन्दै भारतको केन्द्रीय सरकारले इन्टरनेटमा ब्लु व्हेल गेम प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

उक्त गेमको प्रतिबन्धका लागि दिल्ली उच्च अदालतमा मुद्दा परेको थियो। भारत लगायत विश्वका अन्य देशहरूमा समेत यस्ता गेमले सुसाइड दरमा वृद्धि भएको दाबी भारत सरकारले गरेको छ।

भारतको प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सम्बधी कम्पनीहरू गुगल इन्डिया ,वाट्स एप लगायतलाई यस्ता गतिविधिहरूमा तत्कालै बन्देज लगाउनका निर्देशन दिएको छ।

भारतका सूचना प्रविधिमन्त्री रविशंकर प्रसाद ने अनुसार यस्ता इन्टरनेटको सहायताले हेरिने यस्ता गेमले सुसाइट बढाउने भएकाले भारत सरकारले यस्तो गेममा प्रतिबन्ध लगाउने भएको हो। यस प्रतिबन्धमा विश्व समुदायको पनि समर्थन हुनु पर्ने उनको दाबी छ।

भारत सरकारले  विज्ञान तथा प्रविधिसँग सम्बधित  कम्पनीहरूलाई अगस्ट ११ देखि नै यस्ता गेममा प्रतिबन्ध लगाउनका लागि निर्देशन दिइसकेको थियो।

ब्लु गेम रूसका फिलिप बुडेकिनले सन् २०१३ मा आविष्कार गरेका थिए। यस्ता गेमका कारण सुसाइट हुने गरेको २०१५ मा खुलेको थियो।

 

प्रकाशित: २८ आश्विन २०७४ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App