तेहरान – इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरोधी भनाइप्रति आलोचना गरेका छन्।
अमेरिकी राष्ट्रपतिद्वारा इरानका बारेमा दिएको प्रतिक्रियालाई खामेनीले नालायक, मूर्ख तथा विल्कुल झुटो अभिव्यक्तिको संज्ञा दिएका छन् इरानको प्रेस टिभीले जनाएको छ।
अमेरिकामा भइरहेको संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले इरानका विरुद्ध दिएको झूटो अभिव्यक्तिले अमेरिकाको प्रतिष्ठामा प्रश्नचिन्ह खडा गरेको बताए।
अमेरिकी प्रबुद्धहरूले यस्ता व्यक्ति राष्ट्रपति भएकोमा लाज मान्नु पर्ने खामेनीले इरानको विज्ञहरूको सभालाई गरेको सम्वोधनमा बताए।
प्रकाशित: ५ आश्विन २०७४ १४:३९ बिहीबार