१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू

उत्तरी चीनको हेबेई प्रान्तको शिङसान फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू भएको छ।

अब फलाम खानीका प्राविधिकहरूले टाढैबाट भूमिगत खानी गतिविधिहरूमाथि निगरानी र नियन्त्रण गर्नसक्ने भएका छन। प्राविधिकहरूले सो फलाम खानीमा धेरै मात्रामा फलाम रहेको अनुमान गरेका छन्।

यो रिमोट कन्ट्रोल प्रविधिबाट भूमिगत काम गर्न सहयोग पुग्ने शिङसान फलाम खानीका उपनिर्देशक युआन वेइले बताए।उनले आफूलाई सुरक्षित राख्नका लागि यो रिमोट प्रविधि राम्रो हुने विश्वास लिए।उनले फाइभ जी प्रविधि र उपकरणको सुधारको लागि धन्यवाद दिए।

प्रकाशित: २९ भाद्र २०८० ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App