२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु

उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।

चीनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार बिहीवार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको हो। राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा मृत्यु भएको थियो। सिसिटिभीले मृतकको सङ्ख्या बढ्न सक्ने पनि बताएको छ।  

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्। यो वर्षको शुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए। हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए। एएफपी

प्रकाशित: २२ भाद्र २०८० ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App