५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मणिपुरमा फेरि हिंसा भड्कियो, थप दुई जनाको मृत्यु

भारतको मणिपुरमा फेरि हिंसा भड्किदा थप दुई जनाको मृत्यु भएको छ।

मङ्गलवार अबेर साँझ कुकी–जोमी बाहुल्यता रहेको चुराचाँदपुर र मैतेयी बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमा नजिकै भएको गोली फायरिङ्गमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बीबीसीका अनुसार खोइरेन्टेक क्षेत्रमा भएको गोली फायरिङ्गमा अन्य व्यक्तिहरू घाइते समेत भएका छन्। तर, घाइतेहरूको सङ्ख्या भने खुलाइएको छैन।  

मङ्गलवार मणिपुर विधानसभा बोलाइएको थियो। लामो समयपछि बोलाइएको विधानसभा केही समय बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो।

मणिपुरमा जारी हिंसाको ४ महिनाभन्दा बढी समय भइसकेको छ भने हालसम्म १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ। हजारौं मानिस घर छोडेर भागेका छन् भने कैयौं मानिसहरू घाइते भएका छन्।

प्रकाशित: १३ भाद्र २०८० ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App