४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पूर्वी तटमा लोपोन्मुख ‘साउथर्न राइट ह्वेल’ फेला

अस्ट्रेलियाको पूर्वी तटमा दुर्लभ प्रजातीको साउथर्न राइट ह्वेलका माउ र बच्चा फेला परेका छन्।

न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आईतवार जानकारी दिएको विवरणअनुसार यो बच्चा जुलाई २५ मा जन्मिएको हो।

एनएसडब्ल्यु राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवा (एनपीडब्लुएस) ले जुलाई २७ देखि माउ र बच्चाको जोडीलाई ट्रयाक गर्दै आएको छ। साथै उनीहरुले ह्वेलको संरक्षण गर्न र उनीहरुलाई असर पुग्ने काम नगर्न आह्वानसमेत गरेको छ। साउथर्न राइट ह्वेल एक लोपोन्मुख प्रजाति हो।

यस प्रजातिका यस वर्ष २ वटा मात्रै बच्चा फेला परेका छन्। दक्षिणपूर्वी अस्ट्रेलियामा यसको संख्या २७० भन्दा कम छ। एनपीडब्ल्युएसले सबै वाटरक्राफ्टहरु, जहाजहरुलाई उक्त ह्वेलहरु भन्दा कम्तिमा ३ सय मिटर टाढाबाट मात्रै यात्रा गर्न र ड्रोनहरुलाई सय मिटर भित्र सबै ठाउँमा निगरानी गर्न निर्देशन गरेको छ।

प्रकाशित: ३ भाद्र २०८० १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App