१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

सिमला – भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको छ। 

सामूहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ। 

सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए। 

प्रदर्शनका कारण सिमलाका होटल व्यवसाय बन्द गरिएको छ । बिहीबार विद्यालय र विश्वविद्यालय पनि बन्द भएका छन् भने प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन जारी राखेका छन्। 

उनीहरुले हिरासतमा राखेका व्यक्तिलाई मार्न पाइँदैन, हामीलाई न्याय चाहिन्छ भन्दै नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँसले प्रहार गरेको थियो। 

केही दिनमात्र अघि एक युवतीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा छ जनालाई सो जेलमा राखिएको छ। प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ। 

स्थानीय नागरिकले हत्यामा संलग्नको खोजीमा प्रहरी चुस्त हुन नसकेको जनाएका छन् । उनीहरुले उक्त घटनामा अझै धेरैको संलग्नता रहेको बताएका छन्। 

प्रकाशित: ५ श्रावण २०७४ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App