१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एयर इन्डिया उडानमा ‘टर्बुलेन्स’ हुँदा १२ जना घाइते

फुकेटबाट नयाँ दिल्लीका लागि उडान भरेको एयर इन्डियाको विमानमा आकाशमै तीव्र हावाको अशान्ति (टर्बुलेन्स) उत्पन्न हुँदा १० जना यात्रु र चालक दलका २ सदस्य घाइते भएका छन्। 

एयर इन्डियाले  ‘उडान AI2379’ क्रुजिङका क्रममा क्षणिक रूपमा उचाइमा आएको परिवर्तनका कारण उक्त दुर्घटना भएको पुष्टि गरेको छ। टर्बुलेन्सका बाबजुद विमानलाई नयाँ दिल्लीस्थित विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराइएको छ भने सबै यात्रु र चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको छ। 

अवतरण लगत्तै एयर इन्डियाका अधिकारी तथा प्राविधिक टोलीले घाइते यात्रु र चालक दलका सदस्यहरूलाई तुरुन्तै विमानस्थलमा रहेको स्वास्थ्य सुविधा केन्द्र पुर्‍याएर प्राथमिक उपचार गराएका छन्। 

‘हाम्रा यात्रु र चालक दलको सुरक्षा तथा कल्याण एयर इन्डियाको सर्वोच्च प्राथमिकता हो। हामी प्रभावितहरूलाई सबै आवश्यक सहयोग उपलब्ध गराइरहेका छौँ र घटनाको अनुसन्धानका लागि सम्बन्धित निकायहरूसँग पूर्ण सहकार्य गरिरहेका छौँ,’ एयर इन्डियाका प्रवक्ताले अन्तराष्ट्रिय सञ्चार माध्यमसँग भनेका छन्। 

प्रकाशित: १९ श्रावण २०८३ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App