न्होम पेन – कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेनले आफ्ना सहयोगी मध्ये एक जनालाई मन्त्रीपरिषद्का कार्यबहाक मन्त्रीको रुपमा नियुक्त गरेका छन् ।
उपप्रधानमन्त्री सोक एनको निधन भएकाले प्रधानमन्त्रीले बे छिनलाई नयाँलाई जिम्मेबारी दिएका हुन् । एनको बुधबार बेलुका ६६ वर्षको उमेरमा निधन भएको कम्बोसिडाली सरकारद्वारा प्रकाशित विज्ञप्तिहमा जनाइएको छ ।
एन कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता थिए । अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उनी केन्द्रीय कार्यसमिति सदस्य थिए ।
सन् १९९८ देखि उनी कम्बोडियोको मन्त्री भएका थिए भने सन् २००४ मा पदोन्नति भई उनी उपप्रधानमन्त्री बनेका थिए ।
उनको शव राजदरबारबाट ठिक दक्षिणतर्फ रहेको वाट वटम पार्कमा मार्च १९ मा अन्त्येष्टी गरिने भएको छ ।
प्रकाशित: ३ चैत्र २०७३ ११:०२ बिहीबार