१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

इस्लामाबाद–सेनाको शारीरिक तथा सामरिक क्षमता बलियो बनाउन भन्दै पाकिस्तानले आगामी हप्तादेखि सैन्य अभ्यास गर्ने भएको छ। सो सैन्य अभ्यासमा विभिन्न १६ मुलुकका सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो सैन्य अभ्यास लाहोरमा हुने भएको छ।

संचारमाध्यमका अनुसार सो सैन्य अभ्यासमा सहभागी हुन श्रीलंकबाट १ सय २५ सदस्यीय सैन्य टोली बिहीबार पाकिस्तान पुगेको छ। सो सैन्य अभ्यास १६ दिनसम्म चल्ने बताइएको छ। पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेशन्सलाई उद्धृत गर्दै  न्युज इन्टरनेशनलले पाकिस्तानमा १६ दिनसम्म सैन्य अभ्यास हुने बताएको हो।

समाचारमा सेनाको शारीरिक तथा सामरिक क्षमता बढाउनकालागि आयोजित सैन्य अभ्यासामा १६ देशका सैनिक सहभागी हुने उल्लेख छ। तर सैन्य अभ्यासमा सहभागी हुने पाकिस्तान र श्रीलंकाबाहेक अन्य देशको नाम सार्वजनिक गरिएको छैन। यसअघि २७ डिसेम्बरमा पाकिस्तान र रुसले संयुक्त सैन्य अभ्यास गरेका थिए। सो सैन्य अभ्यास २७ डिसेम्बरदेखि १० अक्टोबरसम्म चलेको थियो।

 

प्रकाशित: २८ आश्विन २०७३ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App