१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय टिभी च्यानल प्रसारणमा रोक

इस्लामावाद– पाकिस्तानमा सञ्चार माध्यममा नियन्त्रण राख्ने संस्था पेमरा (पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले पाकिस्तानमा भारतीय च्यानल र भारतीय सामाग्री प्रसारणमा रोक लगाएको घोषणा गरेको छ । पेमराले भारतीय सामाग्री प्रसारण गरेको पाइएमा प्रसारण कम्पनीको लाइसेन्स बिना नोटिस निलम्बन गर्ने वा खारेज गर्ने जनाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले मंगलबार यस्तो सूचना जारी गरेको हो । पेमराका पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले गरेको निर्णय अनुसार अध्यक्षलाई यसका लागि सम्पूर्ण शक्ति दिइएको छ । यसरी आदेश अटेरी गरी भारतीय सामाग्री वा च्यानल प्रसारण गर्ने संस्थालाई बिना सूचना अथवा सुनुवाईको मौका सम्म नदिई कम्पनीको लाइसेन्स निलम्बन वा रद्द गर्न सकिनेछ ।

पेमराले अगस्ट ३१ मा नै भारतीय सामाग्री प्रसारणमा पुनर्विचार गर्ने निर्णय गरेको थियो तर आउँदो १६ अक्टोबरबाट लागू हुनेछ ।

पेमरा अध्यक्षले विज्ञप्ती जारी गर्दै पाकिस्तान र भारतबीच बढ्दो तनावका बीच भारतीय च्यानलमा रोक लगाउनु पर्ने माग गरेको कारण जनताको माग सम्बोधन गर्न यस्तो निर्णय लिएको बताएका छन् ।

गत जुलाईमा भारत प्रशासित काश्मिरमा जारी प्रदर्शनपछि भारत र पाकिस्तानको सम्बन्धमा तनाव सिर्जना भएको हो । यसैबीच पछिल्लो महिना उरीको सैन्य शिविरमा १८ जना जवानको हत्या भएसँगै तनाव चरणमा पुगेको थियो । भारतले आक्रमणमा पाकिस्तानले पालेका आतंकवादीको हात रहेको भारतले आरोप लगाएको थियो । चार दिनअघि भारतले पाकिस्तानमा सर्जिकल स्ट्राइक्स गरी दुई पाकिस्तानी सेनाको हत्या गरेको थियो । त्यसयता दुवै देश युद्धोन्मुख रहेको चर्चा हुँदै आएको छ ।

 

प्रकाशित: २१ आश्विन २०७३ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App