१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण

सोल -उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ ।

उत्तर कोरिया सरकारद्वारा सञ्चालित समाचार समिति केसीएनएले लेखेको छ, “पूर्वी अमेरिकातर्फको दूरी झन्डै १२ हजार किलोमिटर छ, त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउदै छ ।”

स्याटलाइट प्रक्षेपणका लागि उत्तरकोरियाले स्थानीय समयअनुसार बिहान रकेट मेसिनको सफल परीक्षण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

जमिनको सतहमा गरिएको रकेट मेसिनको सफल परीक्षणपछि नेता किम जोन उनले स्याटलाइट प्रक्षेपणका लागि शीघ्र तयारी गर्न वैज्ञानिक र इन्जिनियरलाई निर्देशन दिएकाछन्।

पछिल्लो एक वर्षमा उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परीक्षणको एक अंशका रुपमा रकेट मेसिनको परीक्षणलाई लिइएको छ ।उत्तर कोरियाले टाढासम्म हान्न सकिने यन्त्र “मिसाइल” लामो समयदेखि देशभित्रै नियमितरुपमा परीक्षण गर्दै आइरहेको छ ।

उत्तर कोरियाले निरन्तर गरिरहेको न्युक्लियर प्रक्षेपणका सम्बन्धमा चीन र अमेरिकाले संयुक्त राष्ट्र«सङ्घको बैठकमा कुरा उठाउने बताइरहेका बेला अर्को रकेट मेसिन परीक्षण गरेको हो ।रासस/एएफपी

प्रकाशित: ५ आश्विन २०७३ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App