१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीले खोले एउटा भूराजनीतिक ‘पन्डोरा बक्स’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै पाकिस्तानको तालिवान नियन्त्रित सहर बालुचिस्तानको नाम लिएपछि भारत–पाकिस्तान विवाद नयाँ अध्यायमा प्रवेश गरेको छ। मोदीको भाषणले एउटा भूराजनीतिक ‘पन्डोरा बक्स’ खोलेको छ।

मंगलबार भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित  समारोहमा बोल्ने क्रममा उनले पाकिस्तानको बालुचिस्तान शहरको नाम लिएका थिए। पाकिस्तानको बालुचिस्तान शहर तालिबान आक्रमणका कारण दंगाग्रस्त शहरका रुपमा रहँदै आएको छ। पाकिस्तान सो क्षेत्रमा दंगा भड्काउने कार्यमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एन्यालाइसिस विङ (र) ले सहयोग रहेको विश्वास गर्छ।

भारतीय संचार माध्यमले मोदीले गत शुक्रबार आफ्ना पार्टीका केही शीर्ष नेताहरुको बैठकमा बालुचिस्तानमा भइरहेको दंगा निन्दनीय भएको भन्दै भत्र्सनान गरेका थिए। उनले उक्त सम्बोधनमा त्यहाँ भैरहेको घटनाा मानवता विरोधी तथा निन्दनीय भएको बताएपछि बालुचिस्तानका मानिसले सामाजिक सञ्जालमा उनलाई धन्यबाद दिएका थिए।
मोदीले सम्बोधनका क्रममा भने, ‘म बालुचिस्तान गिलजित र पाकिस्तान नियन्त्रित कश्मिर क्षेत्रका जनताप्रति आभारी छु।’

मोदिको उक्त सम्बोधन लगत्तै पाकिस्तानका परराष्ट्रमन्त्री सर्ताज अजीजले उनको सम्बोधनले भारत बालुचिस्तान क्षेत्रमा आफ्नो प्रभाव पार्न लागी परेको प्रमाण भएको आरोप लगाए। अजिजले भने, ‘बालुचिस्तानमा भैरहेको हिंसा नितान्त व्यक्तीगत हो र भारतीय पधानमन्त्री मोदीको सम्बोधनले उसले यहाँ थप दंगा भड्काउन लागेको प्रस्ट हुन्छ। भारत हाम्रो कश्मिर क्षेत्रमा विगत केही हप्तादेखि भइरहेको हिंसाबाट विश्वको ध्यान अन्यन्त्र खिच्न चहान्छ’, उनले थपे।

भारतीय सेनाले भारत विरोधी एक मानिसको हत्या गरेपछि कश्मिरमा दंगा भड्कदा त्यहाँका मानिस कफ्र्युमा जीवन जिउन बाध्य छन्। त्यहाँ हालसम्म ६० जनाको मृत्यु भैसकेको छ।
भारतीय नेशनल कांग्रेसका नेता तर पूर्व परराष्ट्रमन्त्री सलमान खुरर्सिदले भने ‘पाकिस्तान नियन्त्रीत कश्मिर क्षेत्र हाम्रो अधिकार हो,विगत लामो समयदेखि हामी यस अधिकारका लागि लडिरहेका छौं। मोदिले अहिले बालुचिस्तान बीचमा ल्याएर हाम्रो मुद्दालाई समाप्त पार्न खोज्दैछन्।’
(द वासिङ्टन पोष्टबाट अनुवादित)
 

प्रकाशित: २ भाद्र २०७३ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App