१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको धरौटी स्वीकार

सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा अग्रिम धरौटी स्वीकार गरेको छ।

न्यायाधीश केएम जोसेफ र बिभी नागरथनाको इजलासले आवश्यक परेका बेला अनुसन्धानमा सहयोग गर्न आदेश दिँदै नियमित जमानतका निम्ति मुम्बइ ट्रायल कोर्टमा सुझाएको छ। महाराष्ट्र प्रहरीले पनि राजकुन्द्रालगायतको उक्त मुद्दामा भएको आदेशको विरोध गरको छैन।

आरोपितहरूले आफूहरूमाथि लगाइएका मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। साइबर कानुनअन्तर्गत महाराष्ट्र प्रहरीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। महाराष्ट्र प्रहरीका अनुसार उनीहरूले सार्वजनिक मर्यादा भङ्ग गर्दै अश्लील भिडियो खिचेर ‘हटसट’ नामको मोबाइल एप्लिकेसनमार्फत वितरण गरेका थिए।

प्रकाशित: २७ मंसिर २०७९ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App