¥यार्कको मेजिस्ट्रेले डिसेम्बरमा जारी गरेको अन्तरिम 'सेक्स रिस्क' आदेशलाई थप चार महिनाका लागि बढाइदिएको हो। अदालतले यौन मुद्दामा यस्तो आदेश दिएका व्यक्तिहरुले यौन गतिविधि अगाडि प्रहरीलाई जानकारी गराउनुपर्ने हुन्छ। यसो नगरिएमा मुद्दाका विपक्षीले पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्छ।
प्रहरीलाई यौन सम्बन्ध राख्नु अघि नाम, उमेर, ठेगाना टिपाउनुपर्ने अदालतले उल्लेख गरेको छ।साथै ठेगाना परिवर्तन भएमा त्यसको जानकारी प्रहरीलाई दिनुपर्ने आदेशमा उल्लेख छ।
अदालतको यो आदेशपछि ती व्यक्तिको मोबाइल तथा इन्टरनेटको पहुँच पनि सीमित हुनपुग्छ। अदालतको अर्को सुनुवाइमा अदालतले यो आदेश अघि बढाउने वा नबढाउने तय गर्नेछ। इङ्ल्यान्ड र वेल्समा गत वर्ष सेक्स रिस्क आदेश पारित गरिएको थियो।
यो बाहेक प्रहरीले पनि सेक्स अपराध खतरा भएका व्यक्तिहरुको निवेदनआधारमा यो आदेश कार्यान्वयन गर्ने गर्छ। पहिला कुनै अपराध इतिहास नभएका व्यक्तिहरुलाई पनि यो आदेश दिन सकिने कानुनी व्यवस्था छ।
प्रहरीको मागमा अदालतले यस्तो आदेश जारी गर्दै आएको छ।
प्रकाशित: १० माघ २०७२ ०१:२० आइतबार

