१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।  

छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरु बोकेको मिनिबस दुर्घटना ग्रस्त भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

एआईआरका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरु सवार रहेका थिए ।

दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको सुरुवात गरी सकेकोे बताएको छ । सिन्ह्वा

प्रकाशित: ५ वैशाख २०८३ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App