२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

आज विश्व दृष्टि दिवस

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ।

यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ।

सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी  सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ। तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन्।

नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन्। बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन्।

संघले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ। संघको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र मार्फत् नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ। 

प्रकाशित: २२ आश्विन २०८३ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App