दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानको विकास र सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
महामन्त्री विपिनकुमार आचार्यले यस क्षेत्रको स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा सुधार र प्रतिष्ठानको विकासमा जोड दिए।
त्यसैगरी, कमल सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि स्वास्थ्य सेवामा सुधारसँगै प्रशासनिक सुधार पनि आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा प्रतिष्ठानको सेवा विस्तार, भौतिक पूर्वाधार विकास र प्रशासनिक व्यवस्थापन सुधार गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
प्रकाशित: २३ आश्विन २०८३ १२:०५ शुक्रबार





