स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र मन्त्रालयका सचिव डा. विकास देवकोटासहित मन्त्रालयअन्तर्गतका विभाग तथा महाशाखा प्रमुखबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ।
मन्त्री मेहता, मन्त्रालयका सचिव तथा मातहतका विभाग र महाशाखा प्रमुखबीच चालु आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका विषयमा कार्यसम्पादन सम्झौता भएको मन्त्रालय सचिवालयले जनाएको छ।
स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा महाशाखाका प्रमुखसँग सम्झौता गरिएको हो।
सम्झौतामा सुशासन, स्वास्थ्य सेवाको प्रभावकारिता, सेवा प्रवाहमा सुधार तथा तोकिएका कार्यक्रम र उपलब्धि समयमै हासिल गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
प्रकाशित: ३१ भाद्र २०८३ १३:०५ बुधबार





