३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

कटारी अस्पतालमा गर्भवतीलाई निःशुल्क ल्याब र भिडियो एक्सरे

उदयपुरको पश्चिमी भेगमा रहेको प्रादेशिक अस्पताल कटारीले गर्भवती महिलाहरूका लागि निःशुल्क ल्याब र भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सुरु गरेको छ।

१५ शैय्याको नगर अस्पतालबाट ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएसँग अस्पतालले सेवा विस्तारलाई तीव्रता दिएको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. गौरव साहका अनुसार गत बुधबारदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यसअघि जटिल अवस्थाका गर्भवतीका लागि ‘सिजरियन अप्रेसन’ (सिएस) सेवा दिँदै आएको अस्पतालले अब ल्याब र अल्ट्रासाउण्ड पनि निःशुल्क गरेको छ।

यो सेवा विशेषगरी स्वास्थ्य बिमा नगरेका गर्भवतीहरूका लागि प्रभावकारी हुने अस्पतालले जनाएको छ। बिमा गरेकाहरूले बिमावापत नै सुविधा पाउने र बिमा नभएकाहरूको हकमा लाग्ने खर्च प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बेहोर्ने व्यवस्था मिलाइएको छ।

निःशुल्क सेवा प्राप्त गर्नका लागि गर्भवती जाँचकार्ड भए पुग्ने र अन्य कुनै थप कागजात आवश्यक नपर्ने मेसु साहले जानकारी दिए। अस्पतालले पछिल्लो समय एकपछि अर्को विशेषज्ञ सेवा थप गर्दै लगेपछि पश्चिम उदयपुरका बासिन्दालाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ।

प्रकाशित: १९ वैशाख २०८३ १७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App