२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमा तीन वटा समस्या तथा रोग उन्मूलन कायम राखेकोमा नेपाल सम्मानित

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकले नेपाललाई सम्मान गरेको छ।

नेपालले एक दशकदेखि मातृ तथा नवजात मृत्युदर न्यूनीकरण र धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा सम्मान गरेको हो।

डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।

डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

सम्मान पत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख छ।

टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र सहित तीन जनाको नेतृत्व सहभागी भएका छन्।

यसैबिच देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा सहभागी थिइनन्।

मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीबाट सिर्जित संकट र प्रभावित जनसमुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्यका लागि जलवायु वित्तको आवश्यकता औँल्याएकी थिइन्।

प्रकाशित: २३ भाद्र २०८३ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App