सार्वजनिक बिदाका दिन पनि कर्णाली प्रदेश अस्पतालले स्वास्थ्य सेवा निरन्तर दिने भएको छ।
संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढीपीडितको शोक दिवस र २३ गते जेनजी आन्दोलनका शहीदको सम्झनामा सार्वजनिक बिदा घोषणा गरे पनि अस्पताल प्रशासनले ती दुवै दिन सेवा सञ्चालन गर्ने जनाएको हो।
अस्पतालका अनुसार शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदामा समेत अस्पतालले ओपीडीसहित विशेषज्ञ सेवा दिँदै आएको छ। दुर्गम क्षेत्रबाट उपचारका लागि आउने बिरामीलाई बिदाका कारण थप समस्या नहोस् भन्ने उद्देश्यले सेवा नियमित गरिएको अस्पतालले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ १९:४५ शुक्रबार





