१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले विपद्को परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई बिदा नलिन निर्देशन दिएको छ।

मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतका काम भइरहेको जनाएको छ। 

साथै मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न–नगराउन निर्देशन दिएको हो। 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने सार्वजनिक बिदाका दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक जनशक्ति तथा सेवा व्यवस्थापन मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: १२ भाद्र २०८३ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App