२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

तेस्रो दिनमै छाडे डा.केसीले सत्याग्रह, गेटा मेडिकल कलेज भर्ना

फाइल तस्बिर

चिकित्सा शिक्षा सुधारको मागसहित २३ औं सत्याग्रह थालेका डा.गोविन्द केसीले तेस्रो दिनमै अनशन तोडेका छन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनले मंगलबार दिउँसो सत्याग्रह तोडेका हुन् ।  

ग्लुकोजको मात्रा २७ मा झरेपछि चिकित्सकको सुझावमा उनले गेटा अस्पतालमा उपचाररत कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीबाट जुस पिएर सत्याग्रह छाडेका हुन् । उनी अहिले सोही गेटा मेडिकल कलेजमा उपचाररत छन् । 

केसीलाई रिँगटा लाग्ने, मांसपेशी बाउँडिने र मुटुको चालमा अनियमितता देखिएको छ । केही दिन अस्पतालमै राखेर उनको उपचार गरिने छ । 

प्रकाशित: १७ भाद्र २०८२ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App