२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बैतडी अस्पतालमा पहिलो पटक दुई बिशेषज्ञ सहित ९ जना डाक्टर

फाइल तस्बिर

दरबन्दी अनुसारका चिकित्सक अभाव भइरहने बैतडी अस्पतालमा पहिलो पटक दुई जना विशेषज्ञसहित ९ जना डाक्टरले स्वास्थ्य सेवा दिन थालेका छन्। छात्रवृति करारसहितका ९ जना चिकित्सकले अहिले जिल्ला अस्पतालमा सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए।

अस्पताल स्थापना भएपछि पहिलोपटक विशेषज्ञ चिकित्सक समेत जिल्लाले पाएको हो। अस्पताल स्थापनाबाट पहिलोपटक यति ठूलो संख्यामा डाक्टरहरु अस्पतालमा आएका अस्पतालका सूचना अधिकारी पन्तले बताए। 

उनका अनुसार अस्पतालमा २ जना विशेषज्ञ डाक्टर र ७ जना मेडिकल अधिकृतहरु छन्। अन्य कर्मचारीको पनि अभाव नरहेको उनले जानकारी दिए। यसअघि विशेषज्ञ चिकित्सक नहुँदा भारतीय सहर पिथौरागढ लगायतका अन्य ठाउँमा गएर उपचार गर्नुपर्ने बाध्यता थियो।

अस्पतालमा अहिले एकजना एमडिजीपी डाक्टर छन् भने अस्पताल प्रमुख डा.दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन्। जिल्ला अस्पताल बैतडीमा जटिलतायुक्त प्रसूति सेवा उपलब्ध थियो भने दरबन्दी अनुसारका डाक्टर आएपछि अन्य शल्यक्रिया सेवाहरु पनि थप गरिने अस्पताल प्रमुख डा.श्रेष्ठले बताए। उनका अनुसार हर्निया, इपिन्डीसाइडको शल्यक्रिया सुविधा दिने जनशक्ति पनि अस्पतालमा रहेको छ।

प्रकाशित: २६ असार २०७९ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App