१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमन्त्री खापुङ र स्वास्थ्य राज्यमन्त्री केसीले गरे कार्यविभाजन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री केसीको उपस्थितीमा कार्यविभाजन भएको हो।  

जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसीयतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ। यस्तै, मन्त्रालय वा यस अन्तर्गतका वा सो अन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नितीगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने रहेको छ।

यस्तै, विशीष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नितिगत सुधारका लागि निर्देशन दिने विषयमा राय सहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ। विशीष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धि विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ।

प्रकाशित: २३ असार २०७९ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App