१६ आश्विन २०७९ आइतबार
स्वास्थ्य

बाँकेमा पुनः तीन जनामा कोरोना सङ्क्रमण

बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

उनले दुई पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए। कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एकजना नेपालगञ्ज–१० का हुन्। केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि सङ्क्रमण देखिन थालेको छ।

फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर खोप लगाउनसमेत आग्रह गरेका छन्। सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेरसमेत नियमित कोरोनाको परीक्षण हुँदै आएको छ।  

प्रकाशित: १७ असार २०७९ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App