१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने ‘जिन एक्सपर्ट’ मेसिन भित्रियो

जिन एक्सपर्ट मेसिनको सञ्चालन पद्धति र यसबाट हुने लाभ बारे जानकारी गराउँदै राष्ट्रिय क्षयरोग निवारण केन्द्रका बरिष्ठ मेडिकल टेक्निसियन पद्मनाभ घिमिरे। तस्बिरः खगेन्द्र नागरिक

ताप्लेजुङमा दुई घण्टामै क्षयरोगको कीटाणु पत्ता लगाउने अत्याधुनिक ‘जिन एक्सपर्ट’ मेसिन भित्रिएको छ। अहिले सम्म माइक्रोस्कोपी विधिबाट प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थपोष्टहरुमा क्षयरोगको परीक्षण हुने गरेको थियो। माइक्रोस्कोपी विधिबाट गरिने परीक्षणपछि सतप्रतिशत क्षयरोगी बिरामी हो की होइने भनेर यकिन गर्न भने फेरि जिन एक्सपर्ट मेसिनकै प्रयोग हुने गर्थ्याे।

जिन एक्सपर्ट मेसिन भित्रिएसंगै सम्भावित रोगीहरुमा क्षयरोग होकी होइन भनेर अन्तिम परीक्षण गर्न ताप्लेजुङ बाहिर जानुपर्ने समस्याको हल भएको जिल्ला अस्पताल ताप्लेजुङका नर्सिङ निरीक्षक बिजया राईले बताइन्। राष्ट्रिय क्षयरोग निवारण केन्द्रका वरिष्ठ मेडिकल टेक्निसियन पद्मनाभ घिमिरेका अनुसार जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि हो।

जिन एक्सपर्टको सहायताले ‘माइक्रोबाक्टेरियम ट्युवरक्लोसिस’बाट हुने संक्रमण र उक्त संक्रमणका लागि प्रयोग गरिने सबभन्दा प्रभावकारी औषधि ‘रिफ्यामपिसिन’को प्रभावकारिता छ/छैन भन्ने कुराको जानकारी पाउन सकिन्छ। यो पूर्ण रुपमा स्वचालित उपकरण सेफेड नामक अमेरिकी कम्पनीले उत्पादन गरेको हो। यो उपकरणमा चार वटा मोडल रहेका छन्।

जिन एक्सपर्ट मेसिनमा परीक्षणका लागि आवश्यक पर्ने केमिकल सबै कार्टेज भित्रै राखिएको हुन्छ। यसले किटाणुको डिएनए जाँच गर्ने भएकाले यसलाई मोलिकुलर टेष्ट वा न्युक्लिक एसिड एमपिलिफिकेशन टेष्ट पनि भनिन्छ। ताप्लेजुङ जिल्ला अस्पतालका एमडिजिपी डाक्टर दीपेन्द्र बोखिमका अनुसार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले जिन एक्सपर्ट मेसिनको सञ्चालन पद्धति, यसको अभिलेखीकरण र नतिजा मापन बारे ताप्लेजुङ अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमूखीकरण गराएको बताउँछन्।

क्षयरोगको परीक्षण क्षेत्रमा यो मेसिन भित्रनु सकारात्मक रहेको उनले बताए। स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले पूर्वका हिमाली जिल्लाहरुमा सम्भवतःपहिलो पटक ताप्लेजुङमै यो मेसिन भित्रिएको दावी गर्छन्।

प्रकाशित: २० वैशाख २०७९ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App