१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू

विराटनगरमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी। तस्बिरः चुमन बस्नेत/नागरिक

प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। शुक्रबार स्वास्थ्य निर्दैशनलायले विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरू गरेको हो। 

कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले  खोपको वाकस  स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेर अभियान सुरू भएको घोषणा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पहिलो चरणमा टाइफाइडविरुद्धको खोप अभियानका रुपमा सञ्चालन गर्न लागिएको र त्यस पछि यो खोपलाई नियमित खोपका रुपमा बालबालिकालाई दिइने बताए। उनले चैत २४ गते प्रधानमन्त्री शेरवहादुर देउवा र  २५ गते सातै प्रदेशका स्वास्थ्यमन्त्रीहरूले सुभारम्भ गरेको बताए। उनले सबै सामुदायिक विद्यालयमा खोप केन्द्र राखिएकाले खोप अभियान सफल पार्न शिक्षक, शिक्षिकाको भूमिका महत्वपूर्ण हुने  बताए।  

कार्यक्रममा  स्वास्थ्य निर्देशनालय प्रदेश १ का निर्देशक ज्ञानबहादुर बस्नेतले स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारको समन्वयमा अभियान सञ्चालन भएको स्पष्ट पारे। बस्नेतले प्रदेश १ का १२ लाख बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको र  देशभरका ७५ लाख बढी बालबालिकालाई एकै पटक खोप लगाउने अभियानको लक्ष रहेको बताए। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभाबकको उपस्थिति रहेको थियो।

प्रकाशित: २५ चैत्र २०७८ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App