१९ पुस २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रंगेली अस्पताल सुधार गर्न माग

शिक्षा स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी संवाद कार्यक्रममा सहभागि स्थानीयहरू। तस्बिरः विनोद/नागरिक

मोरङको रंगेलीका स्थानीयले रंगेली अस्पतालको सेवा  सुधार गर्न माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र स्थानिय मानवअधिकार समूहले रंगेलीमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्बन्धि संवाद कार्यक्रममा सहभागि स्थानीयले रंगेली अस्पतालको सेवा सुधार गर्न माग गरेका हुन्।  

उनीहरूले अस्पतालमा प्रयाप्त डाक्टर नभएको, स्वास्थ्य विमा गरेका सेवाग्राहीले  विमाले सुनिश्चित गरेको औषधि नपाएको र अस्पतालको वेड कम भएको गुनासो गर्दै अस्पतालको सेवा सुधार गर्न माग गरेका हुन्। कार्यक्रममा स्थानीय पन्नालाल मण्डलले नगरपालिका शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउने भन्दा मन्दिर निर्माण गर्ने धाउन्नमाा लागेको आरोप बताए। रंगेली अस्पतालको वेहाल भएको, स्वास्थ्य चौकीको छाना चुहिएको र विद्यालयमा पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ। तर, नगरपालिकाले टोलटोलमा मन्दिर निर्माण गर्ने अभियान चलाईरहेको आरोप लगाए। 

उनले भने,‘अस्पताल, स्वास्थ्य चौकी र विद्यालय भन्दा नगरपालिकालाई मन्दिर निर्माण महत्वपूर्ण भएको छ।’ स्थानीय कैलाश मण्डलले नगरकै नमूनाका रुपमा रहेको सार्वजनिक मावि रंगेलीको अवस्था नाजुग बनेको बताए। उनले सार्वजनिक माविमा कक्षा ९ मा पढ्ने विद्यार्थीलाई नामसमेत लेख्न नआएको गुनासो गरे। मण्डलले भने‘  नगरकै नमूना विद्यालयमा कक्षा ९ मा पढ्ने विद्यार्थीलाई नामसमेत लेख्न नआएपछि अन्य विद्यालयका विद्यार्थीको अवस्था के होला?’  

यता नगरापालिकाका मेयर दिलीप अग्रवालले रंगेली नगरपालिकाले रंगेली अस्पतालका लागि धेरै लगानी गरिरहेको बताए। उनले डाक्टर र प्राविधिक जनशक्ती अस्पतालमा अभाव रहेको, वेड अभाव रहेको स्वीकार गर्दै अस्पतालका प्राविधिक जनशक्तीको व्यवस्थापन र वेड संख्या थप गर्न प्रदेश सरकार र संघिय सरकारलाई  नगरपालिकाले आग्रह गरिरहेको जानकारी दिए। 

उनले भने,‘अस्पतालको वेड संख्या बढाउन र चिकित्सक, नर्स लगायतका जनशक्ती थप गर्न संघ र प्रदेश सरकारसँग पहल गरिरहेका छौं।’ यस्तै रंगेलीका विद्यालयको गुणस्तर सुधारका लागि नगरपालिका प्रयात्न शिल रहेको मेयर अग्रवालले बताए। उनले सार्वजनिक माविको कक्षा ९ मा बढ्ने विद्यार्थीलाई नामलेख्न नआएको विषयमा उक्त विद्यालयका प्रधानअध्यापकलाई आफूले कुरा गरिसकेको र विद्यालय शिक्षा सुधारका लागि निर्देशनसमेत दिइसकेको जानकारी दिए। 

आग्रवालले विद्यालय शिक्षा सुधारका लागि विद्यालयका शिक्षकमात्रै नभई अभिभावकहरू पनि जागरुक हुनुपर्ने  बताए। प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले रंगेली अस्पतालका  लागि आवश्यक डाक्टरको व्यवस्था गर्न आफ्नो तर्फबाट पहल गरिरहेको जानकारी दिए। उनले संघले  प्रदेशमा डाक्टर पठाए प्रदेश सरकारले रंगेली अस्पताललाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनले भने, ‘संघबाट डाक्टर पठाएको अवस्थामा रंगेली अस्पताललाई प्राथमिकतामा राखेर डाक्टर सिफारिस गछौं।’

कार्यक्रममा नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरूले नगरपालिकाले ५ वर्षको अवधिमा जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न गरेका कामहरूबारे जानकारी दिएका थिए। इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले जनाताको शिक्षा स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई झकझक्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

प्रकाशित: २४ चैत्र २०७८ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App