१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पछिल्लो समय संक्रमणदर घट्दै

पछिल्लो २४ घन्टामा नेपालमा औसत कोरोना संक्रमणदर घटेर ११.५ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा ४ प्रतिशत र मंगलवारको तुलनामा १ प्रतिशतले कम भएको हो।

पछिल्लो २४ घन्टामा परीक्षण भएका ११ हजार ८ सय ८० वटा नमुनामध्येमा १३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितसहित नेपालमा सक्रिय संक्रमित संख्या २९ हजार ४ जना पुगेको छ। अघिल्लो दिन सक्रिय संक्रमित संख्या ३० हजार २ सय ४१ जना थिए।

सक्रिय संक्रमितमध्येमा २७ हजार ९ सय ३० जना होम आइसोलेसनमा, १ हजार ७४ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । जटिल समस्या भएका २ सय २५ जनाको आइसियूमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप मृतकसहित तेस्रो लहर सुरु भएदेखि २ सय ३२ जनाको मृत्यु भइसकेको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६० जना पुगेका छन्। 

गत चौविस घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमण घटेको तथ्यांकले औल्याएको छ। विवरण अनुसार काठमाडौमा २ सय ३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टाको अवधिमा उपत्यकामा ३ सय २५ जना संक्रमित भएका छन्।

प्रकाशित: २८ माघ २०७८ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App