१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरको इवामुरा अस्पतालमा कोभिड-१९ क्लिनिक

भक्तपुरको सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पतालमा हरेक दिन कोभिड-१९ क्लिनिक संचालन गरिएको छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा.नविनप्रकाश शाहद्वारा स्वास्थ्य चेक जाँच गरी क्लिनिक संचालन भइरहेका अस्पतालले जनाएको छ।

सो क्लिनिक शनिबार बाहेक हरेक दिन ३ बजेदेखि ४ बजेसम्म संचालन भइरहेको जनाएको छ। साथै अस्पतालले भक्तपुर जिल्लामा नै पहिलो पटक चौथो संस्करणको अत्याधुनिक इ.सि.एल प्रविधिको मेसिनबाट थाइराइडको जाँच भइरहेको जनाएको छ। उक्त मेसिन मार्फत टिपिओ, भिटामिन डी, भिटामिन बि १२, एनिमिया (रक्तअल्पता), हर्मोनस, कार्डियक, टयुम जस्ता अन्य विविध संक्रमक रोगको जाँचहरु गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ।

त्यस्तै अस्पतालमा विभिन्न लक्षण भएका विरामीहरु स्वास्थ्य परामर्शको लागि कोभिड-१९ क्लिनिक आइरहेको अस्पतालले जानकारी गराएको छ। थाइराइड जाँचको मागलाई ध्यानमा राखी अस्पतालले ४० दिनको लागि थाइराइड जाँच ५ सय रुपैयाँंमा सेवा प्रदान गर्ने जनाएको छ।

प्रकाशित: २० माघ २०७८ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App