१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा १ लाख २३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

ताप्लेजुङमा १ लाख २३ हजार बढीले कोरोना विरुद्धको खोप लगाइसकेको पाइएको छ। दोस्रो मात्रा भने ५६ हजार बढीले लगाएका छन्। स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार ५६ हजार ३ सय ८० जनाले कोरोना विरुद्धको दुई डोज लगाइसकेका छन्। 

उनका अनुसार ३३ हजार ३ सय ५० जनाले भेरोसेल, १७ हजार १ सय ८० जनाले कोभिशिल्ड/एक्सट्राजेनेका र ५ हजार ८ सय ५० जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्। १ लाख २३ हजार २ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। 

खोप लगाउने मध्ये ७२ हजार ६ सय ६७ जनाले कोरोना विरुद्धको पहिलो डोज लगाएका छन्। १९ हजार २ सय ११ जनाले कोभिशिल्ड/एक्सट्राजेनेका खोपको पहिलो डोज लगाएका छन्। ३५ हजार ८ सय ९५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र ११ हजार ७ सय ११ जनाले मोर्डनाखोपको पहिलो मात्रालगाएका छन्।

एक डोज मात्र लगाइने जोन्सन एण्ड जोन्सन खोप भने ५ हजार ८ सय ५० जनाले लगाएका छन्। जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले २०७७ साल माघ १५ गतेदेखि २०७८ असार मसान्त सम्ममा कोभिशिल्ड/एक्सट्राजेनेका खोपको दुबै डोज लगाइसकेका हरुलाइ बुष्टर डोज लगाउन सुरु गरेको छ।

फुङलिङ नगरपालिका वडा नं ४ मा रहेको खोप केन्द्र र तोक्मे डाँडामा रहेको खोप केन्द्रमार्फत बुष्टर डोज लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै मोडर्ना खोपको दोस्रो मात्रा पनि लगाउन थालिएको छ। माघ १६ गतेबाट २१ गतेसम्म दुईचरणमा मोर्डनाखोपको दोस्रो मात्राको खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित: १७ माघ २०७८ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App