२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

फुङ्लिङमा कोभिशिल्डको दुई डोज लगाएकालाई बुष्टर डोज

२०७७ साल माघ १५ गतेदेखि ०७८असार मसान्त सम्ममा कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका २ नियमित खोप केन्द्रमार्फत बुष्टर खोप दिइने भएको छ।

जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले ६० वर्षभन्दामाथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर कोभिशिल्डको बुष्टर डोज सञ्चालन गर्ने निर्णय लिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायले बताए।

अहिले फुङ्लिङ नगरपालिका वडा नं ४ वडा कार्यालय र तोक्मेडाँडामा कोरोनाविरुद्धका लागि नियमित खोप सञ्चालन हुँदै आइरहेको छ। तिनै खोपकेन्द्रमार्फत कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएका र प्राथमिकता क्रममा परेकाहरुलाइ बुष्टर डोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

यस्तै यसअघि १२ वर्ष पूरा भइ मोडर्ना खोपको पहिलो मात्रा लगाएकाहरुका लागि माठ १६ गतेबाट २१ गते सम्म दोस्रो मात्रा लगाइने भएको छ। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार माघ १६ गतेदेखि १८ गतेसम्म फुङ्लिङ नगरपालिका भित्र तथा माघ १७,१८,१९ र २० गते पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाइने भएको छ। 

यस्तै माघ १८,१९ र २० गते सिङ्विा,सिरिजंगा र मिक्वाखोला गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाउने गरी कार्यतालिका तयार भएको उनले जानकारी दिए। 

प्रकाशित: १४ माघ २०७८ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App