२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नोबेलका विद्यार्थीले गरे सडक जाम

विराटनगरस्थित कञ्चनबारी चोकमा सडक जाम गरेर बसेका नोबेलका विद्यार्थी। तस्बिरः चुमन/नागरिक

विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले दुई सातादेखि कलेज प्रशासनविरुद्ध आन्दोलन थालेका छन्। उनीहरुले कलेज प्रशासनविरुद्ध विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

शुक्रबार कोसी लोकमार्गअन्तर्गत विराटनगरको कञ्चनबारी चोकमा नोबेलका विद्यार्थीलगायत विभिन्न दलका विद्यार्थी संगठनले एक घण्टा सडक जाम गरेका थिए। नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी माग गरेपछि त्यसको विरोध गर्दै आएका हुन्।

विद्यार्थीहरुले बुधबार कलेज प्रशासनको मुख्य ढोकामा तालाबन्दीसमेत गरी थप आन्दोलनमा उत्रेको बताएका छन्। आन्दोलनरत विद्यार्थीहरुले आयोगले तोकेको शुल्क बुझाए पनि कलेज प्रशासनले थप अतिरिक्त शुल्क माग गरेर कक्षा प्रवेशमा रोक लगाएपछि उनीहरु आन्दोलनमा उत्रनु परेको बताएका हुन्।

प्रकाशित: २३ पुस २०७८ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App