२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

दुई जना चिकित्सकलाई सम्मान

नेपाल डेन्टल एशोसिएसन मोरङले स्वास्थ्य क्षेत्रको दन्त क्षेत्रमा सेवा पुर्याउने दुई जना चिकित्सकलाई सम्मान गरेको छ। 

एशोसिएसनले विराटनगरमा ‘मिट एण्ड ग्रीट’ को कार्यक्रम आयोजना गरी विराटनगरमा बसेर लामो समयदेखि दन्त सेवा प्रदान गर्दै आएका दुई जना चिकित्सक सम्मानित भएका हुन्। ५ दशकदेखि दन्त सेवा प्रदान गर्दै आएका डाक्टर सिपी उपाध्यायका साथै अर्की डाक्टर कुमकमलता दासलाई सम्मानपत्र प्रदान गर्दै सम्मानित गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डाक्टर फरवाड सिलवाल र डेन्टल एशोसिएसन मोरङकी अध्यक्ष डाक्टर प्रेक्षा दलीले उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए।

‘कार्यक्रमको मुख्य उद्देश्य दन्त क्षेत्रमा सेवा प्रदान गर्दै आएका डाक्टरहरुलाई एकै ठाउँमा भेला गराएर स्वास्थ्य सम्बन्धि पुनर्ताजगी गराउनु हो,’ डेन्टल एशोसिएसन मोरङकी सचिव डाक्टर मीरा आचार्यले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई कसरी हल गरी अघि बढ्ने विषयमा छलफल भएको  छ।’ 

प्रकाशित: ३ पुस २०७८ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App