४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

शिविरबाट दुई सय ७२ जना लाभान्वित

भक्तपुरको मध्यपुर थिमि दुईपोखरीमा मंगलबार भएको स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित भएका छन्।

भक्तपुर लायन्स सेवा समन्वय समितिद्धारा सञ्चालित लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्र लायन्स गल्ली भुँंलाचा भक्तपुरको आयोजनामा भएको एकदिने आँंखा, नाक, कान तथा घाँंटी शिविरबाट उनीहरु लाभान्वित भएका हुन्।

शिविरमा एक सय ५१ जनाले आँंखा र एक सय २१ जनाले नाक, कान र घांँंटी गरी कुल दुई सय ७२ जनाले सेवा पाएका थिए। शिविरमा एक सय ५१ जनाले आँंखाको जाँंच गराएका थिए। यसमा आँंखाको मोतियाविन्दु १५ जनाको गर्नुपर्ने भएको जनाइएको छ।

शिविरबाट एक सय २१ जनाले नाक, कान र घांँंटी जँचाएका छन्। त्यसमध्ये १२ जनाको अप्रेशन गर्नुपर्ने भएको जानकारी गराइएको छ। उनीहरु सवैलाई विपि नेत्र प्रतिष्ठानमा रिफर गरिएको जनाइएको छ। भक्तपुर चेम्वर अफ कमर्सको सहकार्य, स्थानीय नवरत्न इगलिश स्कुलको आयोजनामा शिविर भएको हो। शिविरका लागि विपि नेत्र प्रतिष्ठानले प्राविधिक सहयोग गरेको थियो।

प्रकाशित: ७ मंसिर २०७८ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App