२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जाडोमा छालालाई यसरी जाेगाउन सकिन्छ

जाडो बढेसंगै छालाको विभिन्न समस्या पनि निम्तिने गर्छ। मौसम जस्तै शरीरलाई ढाकेको छाला पनि समय समयममा परिवर्तन हुने गर्छ। मानिसकाे जीवनमा छालाको अत्यन्त ठूलो भूमिका रहेको हुन्छ।

अझ भन्ने हो भने, मानिसकाे व्यक्तित्व छालामा नै झल्किने गर्छ। त्यसैले छाला भनेको शरीरले लगाउने गहना वा आवरण जस्तै हो। हामी अरुको अगाडि जाँदा मानिसले देख्ने भनेको नै छाला हो। मेडिकल साईन्समा छालाको भूमिका भनेको हाम्रो शरीरलाई ढाक्ने काम गरेको हुन्छ।

जाडो मौसममा कस्तो समस्या आउने गर्छ?

जाडो महिनामा हावा र पानी दुबै चिसो भएकाले हाम्रो शरीरको छालाहरु सुख्खा हुने गर्छ। यस कुरालाई बढी ध्यानमा राख्दै स्किन केयर गर्न अत्यन्न जरुरी हुन्छ।

जाडो मौसममा सुख्खापन हुनु नै विभिन्न समस्याको मुख्य कारण बनेको छ। यस मौसममा छालाको एक्सफोलिएशन बढी भएकै कारण छाला फुट्ने समस्या बढ्छ। यस बाहेक छाला चिलाउने, विभिन्न खालको एलर्जी आउने, घाउ खटेरा, फैगल इन्फेक्सन, ओठ, कुर्कुचा, हात, खुट्टा फुट्नेजस्ता समस्या पनि जाडोयाममा सामान्य रहेको छ।

यस किसिमको समस्याबाट बच्न भने मोस्चराइजर, भ्यासलिन, तरलीय पदार्थ, आदिको प्रयोग अति आवश्यक रहेको छ।

उमेर, वर्ग र मौसम अनुसार छालामा समस्या?

महिला र पुरुषको छाला प्राकृतिक रुपले फरक किसिमको हुने गर्छ। पुरुषको छाला बाक्लो र महिलाको छाला पुरुषभन्दा पात्लो हुने गर्दछ। यी छालाको आफ्नै किसिमको प्रकृति हुने गर्दछ र समस्या पनि फरक फरक किसिमको हुने गर्छ। उमेरअनुसार पनि छालामा विभिन्न किसिमको समस्या आउने गर्दछ।

छालामा आउने परिवर्तनको अन्य कारण भनेको मौसमको परिवर्तन पनि हो।

छालाको प्रकार

छाला चार प्रकारको हुने गर्छ। नर्मल, ओएली, ड्राइ र सेन्सिटिभ मुख्य छालाका प्रकार रेहेका छन्। छालाको प्रकार आफ्नो छालाले कति मात्रामा सिबम उत्पादन गर्छ भन्नेमा भरपर्ने गर्छ। छालाको लेभललाई ६ प्रकारमा डिभिजन गरिएको छ। लेभल ५ र छ मा भने टयानिंग र बर्निगं पर्ने गर्छ।

स्वस्य छाला भन्नाले वेल नरिस्ड, टेक्चर र विथआउट पिगमेन्टेशन हो। यी कुरा भएमा छालालाई स्वस्थ क्याटेगोरीमा राख्न मिल्छ।

छालाको विशेष हेरचाह  

राम्रो छालाले हाम्रो व्यक्तित्वलाई माथिल्लो तहमा लाने गरेका कारण छालामा सकेसम्म रोग नलाग्न दिनुनै हाम्रो लागि बढी प्रभाबकारी हुन्छ। तसर्थ छालाको रेखदेख अत्यन्त आवश्यक छ।

रेगुलर स्किन रुटिन अत्यन्त आवश्यक छ। क्लिीनिंग, मोइस्चराइजर र सनस्क्रिन आवश्यक छ। स्किन केयर रुटिन सबै मौसममा आवश्यक छ तर जनडोमा छालालाई बिशेष ध्यान दिन आवश्यक रहेको छ।

छाला भन्नाले अनुहार वा हातखुट्टाको मात्र हेरचाह नभइकन पूरै शरीरको छालाको सविशेष ध्यान दिन आवश्यक छ।

बाह्य र आन्तिरक दुबै तरिकालेस्वास्थ्यरहन खानपिन र जीवनशैलीको पनि महत्वपूर्ण भुमिका रहेको हुनाले यी चीजहरुमा ध्यान दिन पनि आवश्यक छ। मानसिक स्वास्थ्यको पनि ठूलो भूमिका रहेको हुन्छ।

प्रत्येक व्यक्तिले समयसमयमा आफ्नो छालाको स्वास्थ्यको बारेमा बुझ्न पनि आवश्यक रहेका छ।

महिला तथा पुरुषहरुमा हुने समस्या भनेको चायाँ, पोतो, पिंपल, डन्डिफोहोर, घामले डडेको आदि हुने गर्छ। छालाको केयर घरमै उपलब्ध भएको सामग्रीहरुले पनिगर्न सकिन्छ।

तनाबले छालामा पनि स्किनमा असर पार्ने भएकाले तनाबलाई म्यानेज गर्नु पनि आवश्यक छ।नेपालीको छाला भनेको ४ र ५ टाइपमा पर्छ।

छालामा सानो भन्दा सानो समस्या देखिए छाला विशेषज्ञहरुसंग परामर्श लिएर ओषधि गर्नु जरुरी छ। गुगल तथा युट्युबको भरमा आफ्नो छालामा मनपरि ओषधि किनेर लगाउनाले पनि असर पर्ने गर्छ।  

जीवनशैली र खानाको छालामा प्रभाव

भनिन्छ ‘वि आर वाट वि इट’ हामीले हाम्रो शरीरलाई जेप्रदान गर्छौ हाम्रो छाला पनि त्यस्तै किसिमको प्रभाव पर्ने गर्छ।राम्रो छाला अथवा छालामा दाग, धब्बारहित ग्लोइंग छाला भएको मानिसलाई छिट्टै नोटिस गरिन्छ भने नराम्रो छाला भएको मानिसलाई अनहेल्दी रुपमा लिनेगरेको पनि देखिन्छ

जीवनशैली र ब्यालेन्सड डाईटले हाम्रो छालालाई हेल्दि बनाउन मद्धत गर्छ। त्यसैले छालालाई स्वास्थ्य राख्नु हाम्रो दायित्व हो।

(के.एम.सी हस्पिटल सिनामंगलमा कार्यरत छाला तथा यौन रोग बिशेषज्ञ, डा.प्रसन्नराज श्रेष्ठ, अन्तर्वार्तामा आधारित।)

प्रकाशित: ३० कार्तिक २०७८ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App