coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ। २ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचा, रंगेली, बुढीगंगा र सुनबर्षीमा १–१, झापाको भद्रपुरमा ११, बुद्धशान्तिमा ३, मेचीनगरमा २ र अर्जुनधारामा १, सुनसरीको धरानमा ४, इनरुवामा २ र दुहवीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा शनिबार  ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र २२ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७८ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App